सहीदको सपना खेर जान दिदैनौ-आजाद

तुलसीपुर,२२ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सदस्य तथा प्रचार विभाग दाङका उपप्रमुख आजाद खड्काले सहीदहरुको सपना खेर जान नदिने बताएका छन् । सहीद फत्ते बहादुर थापा, खुशीराम चौधरी, सञ्जय चौधरी र सोनी चौधरीको १८ औं बार्षिक श्रद्वाञ्जली सभामा श्रद्वाञ्जली मन्तव्य व्यक्त गर्दै उनिले सहीदको सम्मान र उनिहरुको सपना पुरा गर्न नेकपा सधै लागिरहेको बताए ।

प्रमुख अतिथि खड्काले तत्कालिन राज्यसत्ताले समाज रुपान्तरणको अभियानमा लागेका अभियात्रीहरुलाई कायरतापूर्ण तरिकाले हत्या गरेको भन्दै सहीदहरुको सपना पुरा गर्न जस्तो सुकै कठिन परिस्थितिमा पनि लागि रहने बताए ।

श्रद्वाञ्जली सभाको आयोजक रहेको जनयुद्व स्मृति सहकारी संस्था लि.का अध्यक्ष समेत रहेका प्रमुख अतिथि खड्काले तत्कालिन राज्यसत्ताले समाज रुपान्तरणको अभियानमा लागेका अभियात्रीहरुलाई कायरतापूर्ण तरिकाले हत्या गरेको भन्दै सहीदहरुको सपना पुरा गर्न जस्तो सुकै कठिन परिस्थितिमा पनि लागि रहने बताए ।

श्रद्वाञ्जली कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सहीद फत्ते थापाका भाई मोहन थापाले सहीदहरुलाई बर्षको एक पटक भएपनि सम्झिएर श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरेकोमा जनयुद्व स्मृति सहकारी संस्था लि.लाई धन्यवाद दिए । विशिष्ट अतिथि थापाले सहीद वेपत्ता परिवार, घाईते तथा अपाङगहरु लहलहैमा कसैको पछि नलागि निरन्तर सहीदको सपना पुगा गर्न लाग्नु पर्ने बताए ।

श्रद्वाञ्जली कार्यक्रम पछि सहीद परिवारहरुसंग सामुहिक फोटो खिचाउदै आयोजक टिम

२०५९ असोज २१ गते विहान ६ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रानागाउँको सिरानमा बरपिपलको चौतारीबाट तुलसीपुरको १९ नंवर बाहिनी बाट खटिएको तत्कालिन शाहि नेपाली सेनाको टिमले निशस्त्र अवस्थामा नियन्त्रणमा लिई हत्या गरेको थियो । २०५९ साल असोज विस गते वेलुका खाद्रेमा खाना खाएर नामीदमार वास वसी विहानै पार्टीको चिट्ठी लगेर भेरी कर्णालीका लागि बाघमारे पोष्टमा जाँदै गर्दा उनिहरुलाई रानागाउँमा हत्या गरिएको थियो ।

जनयुद्ध सहकारी संस्थाको आयोजनामा श्रद्वाञ्जली कार्यक्रममा गरिएका सहीदहरु तुलसीपुर ४ बायाखोला निवासी फत्तेबहादुर थापा, हलवार निवासी सोनी चौधरी, तुलसीपुर ७ बम्नै निवासी खुसीराम चौधरी, तुुलसीपुर ८ वटवलपुर निवासी सञ्जय चौधरी रहेका छन् ।
सहीदहरुको घरमै पुगेर बार्षिक श्रद्वाञ्जलीसभा गर्ने निति बनाएको जनयुद्व स्मृति सहकारी संस्थाले उनिहरुको १८ बार्षिक श्रद्वाञ्जलीसभा गरेको हो ।

कार्यक्रम संयोजक तथा संस्थाका सचिब दिपशिखा जि.एम.को अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा प्रचार–विभाग दाङका उपप्रमुख समेत रहेका संस्थाका अध्यक्ष आजाद खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष मदन घर्तीले गरेका थिए भने संस्था की सञ्चालक समिति सदस्य विन्दु खड्काले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन ।