प्रचण्डले सच्चिन आँट गलान ?

वर्गउत्थानवाद नेपाली राजनीतिकाे मुख्य समस्या

“उत्पादनका औजार, उत्पादनका वस्तुकाे कुल याेगफल उत्पादनकाे साधन हाे । उत्पादनका साधनकाे निर्माण विकास र परिचालन मानविय चेतना निर्माण र प्रयाेगले गर्ने हाे । यसैलाई मानवीय श्रम भनिन्छ । उत्पादनका साधनमा मानविय श्रम मिसिएर उत्पादक शक्ति वन्छ । मानिसले विभिन्न श्राेत, साधन प्रयाेग गरेर उत्पादन गरेकाे वस्तु (माल) मा हुने स्वामित्वकाे प्रश्न, त्यसकाे वितरण प्रणाली र मानविय सम्बन्धकाे कुलयाेगफल उत्पादन सम्बन्ध हाे । उत्पादन सम्बन्ध र उत्पादक शक्तिकाे कुल याेगफल उत्पादन प्रणाली हुन्छ वा भनिन्छ । यहि परिवर्तण गर्नुलाई आमूल परिवर्तण भनिन्छ । यसरी निर्माण हुने राज्यसत्ताकाे आधार (जग) उत्पादन प्रणाली अनुकुल उपरिसंरचनाका सम्पूर्ण शक्तिहरु चल्छन् ।”

नेपालकाे राजनीकाे परिणामका हिसावले देखिएकाे खास समस्या वर्गउत्थानवाद हाे । राणा शासनका विरुद्व लडेर देशमा प्रजातन्त्र ल्याएकाे कांग्रेसले जसका निम्ति लडेकाे हाे उनिहरुलाई सडकमै छाेडेर आफू मालिकवर्गकाे हिस्सेदार वनेर आलिसान महलमा प्रवेश गर्याे । कांग्रेसले जनतालाई धाेका दियाे, अब हामी मुक्ति दिन्छाैं भनेर २०२७-२८ सालमा काेअर्डिनेशन केन्द्र (हालकाे एमाले) ले सशस्त्र संघर्ष गर्याे । उसले पनि श्रमजीवि वर्गलाई सडकमै छाेडेर आफुले पनि कांग्रेस कै वर्गउत्थानवादी वाटाे अनुसरण गर्दै आलिसान महलमा प्रवेश गरेर मालिक वर्गकाे सत्ता सञ्चालककाे हिस्सेदार भएर वस्याे । यसवाट आजित भएका आम श्रमजीवि जनताकाे भावनामा टेकेर कांग्रेस र एमालेकाे वर्गउत्थानवादी वाटाेकाे विराेध गर्याे ।

एमालेलाई यहि विषयमा टेकेर माओवादीले एमालेलाई भाइ कांग्रेस समेत भन्याे । उसकाे आराेपमा आम जनताले समर्थन समेत गरे । माओवादीले कांग्रेस र एमालेलाई लगाएकाे आराेप सय प्रतिसत सहि थियाे । कांग्रेस-एमालेले जनता (श्रमजीवि वर्ग) लाई धाेका दिएकाे भन्दै श्रमजीवि वर्गकाे मुक्ति र सर्वहारा वर्गकाे हातमा राज्यसत्ता ल्याउने वाहेक अरुसवै भ्रम हाे भनी २०५२ फागुन १ गतेवाट जनयुद्वकाे घाेषणा गर्याे । मालिकवर्गकाे राज्यसत्ताले परिवर्तणकाे आवाज उठाएकाे आराेपमा गरेकाे चरम दमनकाे प्रतिराेध माओवादी नेतृत्वमा आम जनताले गर्याे । राज्यले दमन गर्दा माओवादी सेना, कार्यकर्ता, समर्थक-शुभचिन्तक आम जनताहरु गरि करिव साढे १२ हजारले मृत्युवरण गरे । याे रक्तपातपूर्ण नरसंहारकाे प्रतिराेध संघर्ष वा आक्रमणका विरुद्वकाे प्रतिआक्रमणमा परेर राज्यकाे सेना, सिआईडि-सुराकी, समर्थक-शुभचिन्तक गरि करिव ५ हजार जति मानव क्षति भयाे । दुवैपक्षवाट १७ हजार मानिसहरु मारिय । पछि १२ बुँदे समझदारी हुँदै त्यहि जनयुद्वकाे जगमा १९ दिने दाेस्राे जनआन्दाेलनकाे वलमा नेपालमा ‘संघिय लाेकतान्त्रिक गणतन्त्र’ आयाे ।

पहिलाे संविधानसभामा माओवादीले प्रत्यक्ष तर्फ १२० सिट समेत जित्याे । याे जनताकाे अपार माया दिएकाे प्रमाण हाे । तर पहिलाे संविधानसभाले संविधान दिन सकेन । यसकाे पहिलाे कारण माओवादी सर्वहारा वर्गिय क्रान्तिकाे कार्यदिशावाट विचलित भयाे । अनि उसकाे दिमागमा पनि कांग्रेस, एमालेकाे जस्तै टुक्रे उत्पादन प्रणालीका कारण उत्पन्न हुने निम्नपुँजीवादी चिन्तन हावी भएर माओवादी शक्ति संविधान निर्माणमा ध्यान नदिएर पुँजीपति वन्ने ध्याउन्नमा लाग्याे । जनयुद्वकाे प्रभाव देखाएर मालिक वर्गलाई कायमपारी सम्पति र सत्ताकाे हिस्सेदार वन्ने ध्याउन्नमा लाग्दा उनिहरु टुटफुटकाे अवस्थामा पुगे । परिणाम स्वरुप माओवादीहरु पनि कांग्रेस एमालेकै जनविराेधी वर्गउत्थानवादी वाटाेमा हिडे । आज उनिहरु जसका निम्ति लडेका थिए । ती जनता सडकमै राेई रहेका छन् । माओवादी नेतृत्वपंक्ती भने आलिशान महलमा छिरि सकेका छन् । यस्ताे स्थिति आयाे कि कांग्रेस, एमाले र माओवादीकाे वाटाे उहीँ एउटै वर्गउत्थानवादी हाे । नेपालकाे राजनीतिमा खास समस्या वर्गउत्थानवादी वाटाेकाे हाे । यसलाई कमरेड प्रचण्डले सच्याय भने माओवादी आन्दाेलले त सहि वाटाे समाउछ नै, यसले नेपालकाे सिंगाे राजनीतिलाई नै सफा गर्छ र नेपालकाे प्रगतिकाे ढाेका खुल्छ । तर, प्रचण्ड र आम माओवादीलाई यसैमा आम जनताले शंका र प्रश्न संगसंगै गरिरहेका छन् ।

यतिवेला प्रचण्ड प्रधानमन्त्री (सरकार प्रमुख) छन् । उनिले मैले राम्राे काम गर्न खाेजेकाे तर, मलाई विभिन्न षडयन्त्रकारीले काम गर्न दिएनन् भन्दै हिड्छन् । तर, उनिमाथि हाम्राे (आम जनताकाे) शंका छ।हामीलाई प्रचण्डले नाटक गरेकाे ठानेका छाैं । हाेईन भने उनिले आफू सहि भएकाे प्रमाण जनतामा पेश गर्न सक्ने आँट छ ? हामीले विगतमा जनयुद्वकाे माध्यमवाट ‘संसार भन्दा ४५० वर्ष पछि परेकाे नेपाललाई अघि वढाएकाे र देशलाई सामन्तवादवाट मुक्त गराएकाे याेगदानलाई जति कदर गरे पनि कमै हुन्छ । तर जनयुद्वकाे तागत र प्रभावलाई पुँजीपतिलाई वेचेर राज्यसत्ताकाे लागि बदनाम पुँजीपति वर्गकाे सत्ताकाे हिस्सेदार वन्नु र माओवादी आन्दाेलनमाथि (श्रमजीवि वर्गमाथि) गद्वारी गरेर भयंकर अपराध गरे । प्रचण्ड सच्चिनलाई तपशिल कामहरु गर्न जरुरी छ ।

१-प्रचण्ड सच्चिएकाे पहिलाे प्रमाण
क) वर्गउत्थानवादी वाटाेकाे परित्याग
नेपालकाे मुल समस्या वर्गउत्थानवादकाे भनेर पहिचान गरिसकेपछि, त्यसकाे समाधानकाे लागि कदम उठाउनु र त्यसका लागि सिंगाे शक्ति परिचालन गर्नु नै सच्चिनुकाे प्रमाण हाे । त्याे काम भनेकाे २०४६ साल पछिका सम्पूर्ण पूव मन्त्री र पूर्व प्रधानमन्त्रीहरु, पूर्व आयुक्त र पूर्व प्रमुख आयुक्तहरु, पूर्व मुख्य सचिव, पूर्व राजदुत र पूर्व संसदहरुकाे “अधिका सम्पन्न उच्च स्तरिय सम्पती छानविन आयाेग” गठन गरेर त्यसकाे काम कर्तव्य र अधिकास समेत निर्धारण गरेर अघि वढ्नु पर्छ । यसका फाईदाहरु तपशिल हुनेछन् :
क)  “अधिका सम्पन्न उच्च स्तरिय सम्पती छानविन आयाेग” गठनले अहिले सम्म भएकाे भ्रष्टचारकाे छानविन, भ्रष्ट्रचारीहरुलाई प्रशासनिक, आर्थिक सजाय दिन्छ ।
ख) नेपालकाे राजनीतिमा घर गरेर वसेकाे वर्गउत्थानवादकाे अन्त्य हुन्छ ।
ग) आउदा दिनमा भ्रष्टचार गर्ने वा वर्गउत्थानवादकाे वाटाे बन्द गर्छ ।
घ) “अधिका सम्पन्न उच्च स्तरिय सम्पती छानविन आयाेग”लाई बहाल पदवाट मुक्त हुन बित्तिकै यी तत्वहरुकाे सम्पति छानविन गर्ने र पुन: पदमा बहाल हुदा सम्पतीकाे लेखाजाेखा राख्ने अधिकार दिने बित्तिकै देश आफै विकासकाे वाटाे हिड्छ ।

२- प्रचण्ड सच्चिएकाे दाेस्राे प्रमाण
क)-राजवन्दीहरुकाे यथासक्य रिहाई
प्रचण्ड सरकारले अहिले सम्माविभिन्न झुठा मुद्दा खेपेर जेलमा वस्न वाध्य सम्पूर्ण राजवन्दीहरुकाे यथासक्य रिहाई गर्नुपर्छ। याे समस्या हिलाेकाे मात्र हाेईन । याे समस्या दास प्रथादेखिकाे हाे । जनताकाे विद्राेह गर्ने अधिकारवाट वञ्चित गर्नुलाई किमार्थ सहि मान्नु हुदैन । खासगरी जनतालाई विद्राेह गर्न पाउने अधिकार सुनिश्चित गरेर मात्र राज्यसत्ता जनताप्रति उत्तरदायी वन्न सक्छ । राज्यसत्ता आफै आफ वनाएकाे हाेईन । याेत मानिस पशुजगतवाट अलग भएसंगै तेराे र मेराे भन्ने साेचवाट वने व्यक्तिगत परिवार र निजी सम्पती वन्याे । समाज हुने खाने र हुदा खाने गरि दुई वर्गमा विभाजित भयाे ।हुने खाने मालिक वर्गले आफ्नाे वर्ग र त्यस वर्गकाे नीजि सम्पति रक्षाका निमित्त एउटा निश्चित ताेकिएकाे एरिया भित्र तागतकाे वलमा शासन सञ्चालन गर्ने गरि राज्यसत्ताकाे निर्माण एवं अहिले सम्म विकास गर्दै आएकाे छ । यहि राज्यसत्ताका लागि सदियाै देखि समाजमा वर्गसंघर्ष हुँदै आएकाे छ । उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र प्रयाेग नै अहिले सम्मकाे संघर्ष चल्दै आएकाे छ । जब सम्म हाम्राे समाजमा वर्ग रहन्छ, जवसम्मा समानताकाे समाज निर्माण हुदैन । त्यतिवेला सम्म निरन्तर वर्गसंघर्ष चलि रहन्छ । वर्गसंघर्ष देश काल र परिस्थिति अनुसार मन्द गति र तिव्र गति हाेला । तर, कसैकाे मनाेगत इच्छाले  राेकिदैन । राज्यसत्ताकाे आडमा हुने खाने वर्गले हुदा खाने श्रमजीवि वर्गकाे शाेषन गर्ने, श्रमजीवि जनता शाेसनकाे विरुद्व आन्दाेलित हुने । आन्दाेलनमाथि हुनेखाने वर्गले राज्यसत्ताकाे माध्यममा जनताकाे आन्दाेलनमा दमन गर्ने र राज्यकाे दमनकाे विरुद्व जनताले प्रतिराेधपूर्ण संघर्ष गर्ने र जनताकाे प्रतिराेधपूर्ण आन्दाेलनमा राज्यसत्ताले रक्तपातपूर्ण नरसंहार गर्ने सदियाे देखि हुँदै आएकाे छ । याे वर्गसंघर्षकाे नियम हाे । त्यसैले दमन न्यायपूर्ण र प्रतिराेध न्यायपूर्ण मानिन्छ । तर, राज्यले माैका पाय सम्म याे मान्यतालाई अस्विकार गर्दै आएकाे छ । यसलाई ताेड्दै प्रचण्डले सम्पूर्ण राजवन्दीहरुलाई थुनामुक्त गरेर राज्यसत्तालाई जनताप्रति उत्तरदायी वनाउनु पर्छ । तर जनताले उनिमाथि यसमा पनि शंका गरेका छन् । श्रमजीवि वर्गवाट आलिसान महलमा वस्ने मालिकवर्गमा बदलिएकाे प्रचण्ड दमनकाे समर्थक भईसक्याे । जनताकाे प्रतिराेधी आन्दाेलन बुझ्दैन भन्ने जनताकाे आराेप छ । प्रचण्डले याे शंका मेटाउन र म जनताकै नेता हु भनेर पुष्टि गर्न सक्लान ?

ख) राज्यसत्तामा परिवर्तन गर्नुपर्छ
प्रचण्डकाे कदम राज्यसत्ताकाे परिवर्तन गर्नेतिर हुनु पर्छ । त्याे राज्यसत्ता परिवर्तण गर्ने भनेकाे के हाे ? हामीले सवै भन्दा पहिले राज्यसत्तालाई सहि ढंगले बुझ्नु जरुरी छ । राज्यसत्तालाई नबुझ्दा सम्म वर्गसंघर्ष बुझ्न सकिँदैन । वर्गसंघर्ष नबुझ्नेले परिवर्तण भनेकाे के हाे भन्ने नै भ्याैउ पाउदैन । सामाजिक अन्तरविराेधकाे कारण नबुझ्नेले वर्ग संघर्ष बुझ्ने ल्याकत राख्दैन र उसले प्रार्थानाकाे माध्यमवाट परिवर्तन, विकास र समृद्वि हुने सपना देख्न थाल्छ र वर्ग संघर्षकाे विराेध गर्छ । राज्यसत्ता एउटा घर हाे । यसकाे जग र छानाे हुन्छ । जग भनेकाे अर्काे अर्थमा आधार हाे र छानाे भनेकाे उपरिसंरचना हाे । राज्यसत्ताकाे आधार समाजमा विद्यामान उत्पादन प्रणाली हाे भने उपरिसंरचना भनेकाे समाजमा विद्यामान दर्शन, विचार, सिद्वान्त, सरकार, सेना-प्रहरी-प्रशासन, कानुन-संविभान, अदालत, जेल, सदन, राजनीतिक दल, संस्कृति, भाषा, धर्म, कला-साहित्य आदि हुन् । आधारमा टेकेर राज्यसत्ता वनेकाे हुन्छ र उपरिसंरचनाले त्यसकाे रक्षा गरेकाे हुन्छ । यसकाे परिवर्तण गर्ने दम प्रचण्डमा आउनु पर्छ । जनताले हेरिरहेका छन् । हामीले परिवर्तण भनेपछि फेरि झुकिन्छाैं । हामीलाई नेताहरुले यहिनेर झुक्याउछन् । हामी संघर्षशिल जनता सडकमै भाैतारिरहेका हुन्छाैं । हामीलाई नेतृत्व गरिरहेकाे नेता हामीले देख्या देख्यै हामीलाई छिट्की हानेर वाटाेमा पल्टाउछन् । नेताहरु आलिशान महलमा छिर्छन् । हामीले त्यतिवेला थाहा पाउछाैं । जतिवेला हाम्रै आडमा राज्यसत्ताकाे प्रयाेग गरेर अकुत सम्पती कम्ल्याई सकेर पनि सिंगाे राज्यसत्ता आफ्नै चंगलमा लिईसकेका हुन्छन् । अनि हामी विराेध गर्छाैं । हामीमाथि हाम्रै नेताले राज्यसत्ताकाे प्रयाेग गरेर दमन गर्छन् ।

३) परिवर्तणका दुई प्रकार
क) राज्यसत्ताकाे आधार (जग) परिवर्तण गर्नुलाई गुणात्मक परिवर्तण भनिन्छ ।
ख) राज्यसत्ताकाे उपरिसंरचनामा परिवर्तन हुनुलाई मात्रात्मक परिवर्तण भनिन्छ ।

सरकार वदलिनु, सेनापती फेरीनु, कानुन-संविधान वदलिनु वा सामान्य संस्कारमा विकास हुनुलाई मात्रात्म परिवर्तण भनिन्छ । खासमा याे मात्रात्मक परिवर्तण भनेकाे सामान्य सुधार मात्र हाे । याे ढिलाे चाँडाे परिवर्तण उल्टिन्छ । प्रतिगमन वा प्रतिक्रान्ति हुन पुग्छ । विज्ञानकाे नियम के हाे भने, आधार (जग) अनुकुल घर र छानाे (उपरिसंरचना) चल्नु पर्छ वा चल्न नसके आधार अनुकुल उपरिसंरचना बदलिनु पर्छ । हामीलाई चाहिएकाे आमूल परिवर्तण हाे । आमूल परिवर्तन भनेकाे गुणात्मक परिवर्तण हाे । यसैलाई हामीले राज्यसत्ताकाे कायापलट गर्ने भनेका हाैं । कायापलट तब हुन्छ, जब राज्यसत्ताकाे आधार उत्पादन प्रणालीमा कायापलट वा परिवर्तण गर्न सकिन्छ ।

राज्यसत्ताकाे आधार रहेकाे ‘दलाल पुँजीवादी उत्पादन सम्वन्ध’ अनुकुल उपरिसंरचना चलेकाे छ । परिणाम स्वरुप उपरिसंरचनाका प्रत्येक अंगहरुमा दलाल पुँजीवादी चरित्र छ । त्यहाँ कमिसन नदिएर कामै नुहुनकाे एकमात्र कारण आधार ‘दलाल पुँजीवादी हुनु हाे । याे दलाल पुँजीवादी चरित्र भनेकाे उत्पादन केही नगर्ने, अरु देशमा उत्पादित वस्तु (माल) नेपालमा ल्याई राज्य र निजी क्षेत्र मिलेर कमिसन खाएर जनतालाई महंगाे मुल्यमा वेच्नु हाे । यसकाे मारवाट जनतालाई जाेगाउन कदम चाल्नु ‘दलाल पुँजीवादी उत्पादन सम्वन्ध’काे अन्त्य गर्नु पर्दछ । यसलाई प्रचण्ड सरकारले अवसर र चुनाैतिकाे रुपमा लिएर कदम उठाउन आँट गर्नुपर्छ । जनताले यसमा प्रचण्डकाे अन्तिम परीक्षा लिई रहेका छन् । अब प्रश्न उठ्छ – उनी याे परिक्षामा पास हाेलान ?

ग) उत्पादनकाे सुरुवात
याे उत्पादनकाे सुरुवात गर्ने भनेकाे नेपाललाई समृद्वि र राेजगारकाे वाटाेमा हिडाउने भनेकाे हाे । याे काम गर्न नेपालकाे गरिबीकाे कारण पत्ता लगाउने र त्यसलाई सचेयाउने वा गरिवीकाे कारण सखाप पर्ने भनेकाे हाे । त्याे भनेकाे जंगवहादुर र चन्द्र शम्सेरकाे वेलायत भ्रमणवाट वेलायत भारतसंगकाे सम्झाैतावाट बन्द गरिएकाे विभिन्न फलाम र तामा खानीहरु तत्काल सञ्चालनमा लेउनुपर्छ । हेटाैडा कपास उद्याेग, विराटनगर जुटमिल, जनकपुर चुराेट कारखाना, बाँसवारी छाला जुत्ता कारखाना, चिया बगान, कपास खेती, आदि कल कारखानाहरु बहुदलकालमा निजीकरण गरे नेपाललाई बर्बादिकाे वाटाे हिडाईयाे । यसलाई तत्काल सामुदायकीकरण गरेर सञ्चालनमा ल्यायर उत्पादनकाे सुरुवात गर्न सक्नुपर्छ । के यी कार्य गर्न प्रचण्डले आँट गर्लान ?

४- उत्पादन प्रणालीमा परिवर्तण
नेपालकाे राज्यसत्ताकाे आधार ‘दलाल पुँजीवादी उत्पादन प्रणाली हाे । यसकाे अन्त्य गर्नु जरुरी छ ।

क) परिवर्तनकाे पहिलाे चरण
i) यसकाे पहिलाे चरण उत्पादन प्रणालीमा मात्रात्मक परिवर्तन वा सुधार नै हाे । त्याे भनेकाे माथि २(ग) मा आधारित कार्य गर्ने र,
ii) उत्पादनका ओजारहरुलाई विज्ञान र प्रविधीमा परिवर्तन गर्ने नै हाे ।

ख) परिवर्तनकाे दाेस्राे चरण

  • उत्पादक शक्ति : उत्पादनका औजार, उत्पादनका वस्तुकाे कुल याेगफल उत्पादनकाे साधन हाे । उत्पादनका साधनकाे निर्माण विकास र परिचालन मानविय चेतना निर्माण र प्रयाेगले गर्ने हाे । यसैलाई मानवीय श्रम भनिन्छ । उत्पादनका साधनमा मानविय श्रम मिसिएर उत्पादक शक्ति वन्छ ।
  • उत्पादन सम्बन्ध : मानिसले विभिन्न श्राेत, साधन प्रयाेग गरेर उत्पादन गरेकाे वस्तु (माल) मा हुने स्वामित्वकाे प्रश्न, त्यसकाे वितरण प्रणाली र मानविय सम्बन्धकाे कुलयाेगफल उत्पादन सम्बन्ध हाे ।
  • उत्पादन प्रणाली : उत्पादन सम्बन्ध र उत्पादक शक्तिकाे कुल याेगफल उत्पादन प्रणाली हुन्छ वा भनिन्छ । यहि परिवर्तण गर्नुलाई आमूल परिवर्तण भनिन्छ । यसरी निर्माण हुने राज्यसत्ताकाे आधार (जग) उत्पादन प्रणाली अनुकुल उपरिसंरचनाका सम्पूर्ण शक्तिहरु चल्छन् ।

त्यसैले आदिम साम्यवादी युग वाहेक दास मालिक युग, सामन्ती युग र पुँजीवादी युगमा राज्यसत्ताकाे आ-आफ्नै आधार (जग) उत्पादन प्रणाली छन । यसैलाई वदल्नुलाई आमूल परिवर्तण भनिएकाे हाे । गुणात्मक परिवर्तण पनि भनिन्छ । प्रचण्डले याे परिवर्तण गर्न सके त धेरै राम्राे हाे । तर उनकाे अहिले सम्मकाे समग्र गतिविधी हेर्दा उनी माथि शंका उत्पादन हुन्छ । उनी माथि सामान्यत: जनताले यहि शंका गरेका छन् । के प्रचण्ड याे परिक्षामा पास हाेलान ?

४) पव्लिक कम्पनी कसरी निर्माण गर्ने ?
पब्लिक कम्पनी सञ्चालनका लागि कम्पनीमा राज्यकाे २०%, निजी क्षेत्रकाे २०% र जनतावाट ६०% लगानीकाे सुनिश्चित गर्ने र सञ्चालकमा पनि मुख्य सञ्चालक र ६०% समितिमा पब्लिक स्तरवाट र २०% निजी क्षेत्रवाट, २०% राज्यकाे लगानी नेतृत्व छनाैट गर्नुपर्छ ।

५) पुर्ण फ्रि शिक्षा, स्वास्थ्य
राज्यकाे लगानीमा पुर्ण फ्रि शिक्षा, स्वास्थ्य क्षेत्र बनाई अघि वढाउनु पर्छ । यतिकाम गरिसके पछि प्रचण्ड सरकार सफल हुन्छ । त्याे भनेकाे सरकारमा सवै पार्टी त सफल हुन्छन् नै, यसले मुख्यतया देश सफल हुन्छ । यसकाे श्रेय प्रचण्ड र उनी नेतृत्वकाे सरकारलाई जान्छ ।

सारांस
-प्रचण्डले यतिकाम गर्न सके भने जनयुद्वका सम्पूर्ण शक्तिलाई संगठित गर्न कसैले राेक्न सक्दैन । र नेपालकाे विग्रिएकाे राजनीतिकाे वाटाे साेझिनुका साथै सिंगाे कम्युनिष्ट आन्दाेलनकाे एकतालाई पनि कसैले छेक्न सक्दैन । अन्यथा नेपालकाे राजनीतिलाई ट्रयाकमा ल्याउन, संसारवाट ४५० वर्ष पछि परेकाे देशलाई संसारसंग प्रतिसप्रधी स्तरमा आमूल परिवर्तनका लागि नयाँ संघर्षकाे थाली नयाँ पार्टीकाे निर्माण र नयाँ नेतृत्वकाे जन्म अनिवार्य छ । वर्ग रहुन्जेल वर्गसंघर्ष अनिवार्य छ ।

लेखक आजाद खड्का स्वतन्त्र वाम विश्लेषक हुनु हुन्छ । उहाँकाे याे लेख दाङ तुलसीपरवाट प्रकाशित प्रदेश टुडे दैनिक  २०७९ पौष २० गते सोमवारको वर्ष ५, अंक २९७ वाट साभार गरिएकाे हाे ।

aazadnp@gmail.com