चिनियाँ समाजमा वर्गहरुकाे विश्लेषण-माओ

पहिलाे क्रान्तिकारी गृह-युद्वकाे अवधि १९२६-३
लेखक :- क.माओ

हाम्रा शत्रुहरू को हुन् ? हाम्रा मित्रहरू को हुन् ? यो क्रान्तिको लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी संघर्षहरूले यति कम उपलब्धि हासिल गर्नाको कारण के थियो भने ती संघर्षहरू सच्चा शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरूसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथ-प्रदर्शक हो र सो क्रान्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन । हाम्रो क्रान्तिमा निश्चित रूपले सफलता प्राप्त गर्ने र जनतालाई अलपत्र नपार्ने कुरालाई सुनिश्चित पार्नका लागि हामीले आफ्ना सच्चा शत्रुहरूमाथि हमला गर्न आफ्ना सच्चा मित्रहरूसित एकगठ हुने कुरामा ध्यान दिनै पर्छ । सच्चा शत्रुहरूबाट सच्चा मित्रहरूलाई छुट्याउनको लागि हामीले चिनियाँ समाजमा रहेका विभिन्न वर्गहरूको आर्थिक स्थिति र क्रान्तिप्रति तिनीहरूका दृष्टिकोणहरूको सामान्य विश्लेषण गर्नुपर्छ ।

चिनियाँ समाजमा भएका वर्गहरूमा प्रत्येकको स्थिति के छ ?

जमिन्दार वर्ग र दलाल वर्ग(१) । आर्थिक दृष्टिले पिछडिएको र अर्ध- औपनिवेशिक चीनमा जमिन्दार वर्ग र दलाल वर्ग पूरै रूपले अन्तर्राष्ट्रिय पूँजीपतिवर्गका पिछलग्गु हुन् र तिनीहरू आफ्नो अस्तित्व र अभिवृद्धिका लागि साम्राज्यवादमाथि निर्भर रहेका छन् । यी वर्गहरूले चीनमा सबभन्दा पिछडिएका र सबभन्दा प्रतिक्रियावादी उत्पादन सम्बन्धहरूको प्रतिनिधित्व गर्छन् र तिनका उत्पादक शक्तिहरूको विकासमा बाधा दिन्छन् । तिनीहरूको अस्तित्व चिनियाँ क्रान्तिका उद्देश्यहरूसित एकदमै नमिल्दो छ । खास गरेर ठूला जमिन्दार र ठूला-दलाल वर्गहरू सधैँभरि साम्राज्यवादको पक्ष लिन्छन् र ती एउटा अति प्रतिक्रान्तिकारी समूह हुन् । राजसत्ता- वादीहरू(२) र क्वोमिन्ताङको दक्षिणपन्थी अंग तिनका राजनैतिक
प्रतिनिधि हुन् ।

मध्यम पूँजीपतिवर्ग । यस वर्गले चीनमा शहर र गाउँका पूँजीवादी उत्पादन-सम्बन्धहरूको प्रतिनिधित्व गर्दछ । मध्यम पूँजीपतिवर्ग भन्नाले हाम्रो मतलब मुख्य रूपमा राष्ट्रिय पूँजीपतिवर्ग(३) हो, र यो वर्ग चिनियाँ क्रान्तिप्रति आफ्नो दृष्टिकोणमा ढुलमुल छ : उनीहरू क्रान्तिको खाँचोको अनुभव गर्छन् र आफूमाथि विदेशी पूँजीको मार परिरहँदा र युद्धपतिहरूको दमन भइरहँदा साम्राज्यवाद तथा युद्धपतिहरूको विरुद्ध क्रान्तिकारी आन्दोलनको र ( त्यसताका पार्टीमा पाइएका दुइटा भड्काउहरूको विरोध गर्न कामरेड माओ त्सेतुङले यो लेख लेख्नुभएको हो । चेन तु-श्यूद्वारा प्रतिनिधित्व गरिएको पहिलो भड्काउका समर्थकहरू क्वोमिन्ताङसितको मेलमा मात्र चासो राख्थे र किसानहरूको बेवास्ता गर्थे. यो दक्षिणपंथी अवसरवाद थियो । चाङ कुओताओद्वारा प्रतिनिधित्व गरिएको दोस्रो भड्काउका समर्थकहरू मजदूर आन्दोलनमा मात्र चासो राख्थे र त्यस्तै किसानहरूको बेवास्ता गर्थे. यो “बामपन्थी” अवसरवाद थियो । आफ्नो मात्र तागत अपर्याप्त रहेको कुराप्रति दुवै सजग थिए, तर जनस्तरमा तागत कहाँ खोज्ने र कहाँबाट मित्रहरू पाउने भन्ने कुरा दुवैलाई थाहा थिएन । कामरेड माओ त्सेतुङले कुन कुरातर्फ औँल्याउनुभयो भने किसानवर्ग चिनियाँ सर्वहारावर्गको सबभन्दा परपर्दो र संख्याको दृष्टिले सबभन्दा ठूलो मित्र हो, र यसरी उहाँले चिनियाँ क्रान्तिको मुख्य मित्र को हो भन्ने समस्याको समाधान गर्नुभयो । अर्को कुरा, उहाँले के बुझ्नु भयो भने राष्ट्रिय पूँजीपतिवर्ग एउटा ढुलमुल वर्ग हो, र उहाँले के भविष्यवाणी गर्नुभयो भने क्रान्तिको उत्थानको बेलामा यो वर्ग छिन्नभिन्न हुनेछ र यसको दक्षिणपन्थी अंग साम्राज्यवादको पक्षमा लाग्नेछ । यस कुरालाई १९२७ सालमा घटनाहरूले ठीक सावित गरे ।)
(१)
सर्वहारावर्गको सक्रिय समर्थनले गर्दा, क्रान्तिले ठूलो पूंजीपतिवर्गको स्थितिमा पुग्ने उनीहरूको पक्षमा रहन्छन् तर स्वदेशमा सर्वहारावर्गको लडाकू सहभागिता र विदेशमा अन्तर्राष्ट्रिय हुन्छन् । राजनैतिक दृष्टिले, उनीहरू एउटै वर्ग, राष्ट्रिय पूंजीपतिवर्गको शासनअन्तर्गत वर्गको आशामा खतरा पुऱ्याइरहेको जब उनीहरू चाल पाउँछन, क्रान्तिप्रति सशंकित राज्यको स्थापना गर्ने पक्षमा छन् । ताइ चिताओका(४) एकजना स्वयंघोषित सच्चा देब्रे मुक्का र कम्युनिष्टहरूलाई दनक दिन आफ्नो दाहिने मुक्का उठाउ ।” यी शब्दहरूमा चेलाले पेकिंगको चेन पाओ(५) मा लेखेका छन् : “साम्राज्यवादीहरूलाई दनक दिन आफ्नो उक्त वर्गको द्विविधा र चिन्ता अभिव्यक्त भएको छ । यो वर्ग वर्गसंघर्षको सिद्धान्त अनुसार रूससित क्वोमिन्ताङको मेल र कम्युनिष्ट(६) र बामपन्थीहरूलाई भित्र्याउने कुराको विरोध जनजीविकासम्बन्धी क्वोमिन्ताङको सिद्धान्तको व्याख्या गर्ने कुराको विरोधी छ, र त्यसले गर्छ ।

तर राष्ट्रिय पूँजीपतिवर्गको शासनअन्तर्गत राज्यको स्थापना गर्ने त्यसको प्रयास बिलकूले अव्यावहारिके छ, किनभने वर्तमान विश्व परिस्थिति कस्तो छ भने दुईटा ठूला शक्ति रहेका क्रान्ति र प्रतिक्रान्ति संघर्षमा आबद्ध छन् । दुईमा प्रत्येकले ठूलो झण्डा उठाएको छ : एउटाचाहिं तेस्रो इन्टरनेशनलले माथि उठाएको क्रान्तिको लाल झण्डा हो र यो संसारका सबै थिचिएका वर्गहरूका लागि भेला हुने बिन्दु हो. अर्कोचाहिं लीग आब् नेशन्सले (राष्ट्रहरूको संघ-अ.) उठाएको प्रतिक्रान्तिको सेतो झण्डा हो र यो संसारका सबै प्रतिक्रान्तिकारीहरूका लागि भेला हुने बिन्दु हो । बीचका वर्गहरू अवश्य पनि छिटोसित छिन्नभिन्न हुनेछन्, तिनमा कुनै अंगहरू क्रान्तिमा सामेल हुन बायाँ फर्कनेछन् भने अरूहरू प्रतिक्रान्तिमा सामेल हुन दायाँ फर्कनेछन्, उनीहरूका लागि ‘स्वतन्त्र’ रहन कुनै ठाउँ छैन । तसर्थ, चीनको मध्यम पूँजीपतिवर्गले आफ्नो प्राथमिक भूमिका रहने ‘स्वतन्त्र’ क्रान्तिको जुन विचारको पोषण गरेको छ त्यो भ्रम मात्र हो ।

अन्तिम
निम्न-पूँजीपतिवर्ग । जग्गाधनी किसानहरू, मालिक कालिगडहरू, तल्लो स्तरका बुद्धिजीवीहरू- विद्यार्थी, प्राथमिक तथा माध्यमिक स्कूलका शिक्षक, तल्लो सरकारी कर्मचारी, अड्डाका कारिन्दा, साना वकिलहरू- र स-साना व्यापारीहरू यस श्रेणीमा पर्छन् । यसको आकार र वर्ग-चरित्र दुवैको कारणले गर्दा यस वर्गप्रति ज्यादै निकट ध्यान दिनु आवश्यक छ । जग्गाधनी किसान र मालिक कालिगड दुवै सानो मात्राको उत्पादनमा लागेका छन् ।

यस वर्गका सबै तहहरूको एउटै निम्न-पूँजीवादी आर्थिक स्थिति भए तापनि तिनका तीनवटा भिन्ना-भिन्नै अंगहरू छन् । पहिलो अंगमा त्यस्ताहरू पर्छन् जोसित केही अतिरिक्त पैसा वा अनाज हुन्छ, अर्थात् जो आफ्नो शारीरिक वा मानसिक श्रमबाट प्रत्येक वर्ष आफ्नो जीविकाको लागि चाहिनेभन्दा बढी कमाउँछन् । यस्ता मानिसहरू धनी हुने खुब चाहना राख्छन् र मार्शल चाओका(८) श्रद्धालु उपासक हुन् । उनीहरूमा ठूलो धनराशी बटुल्ने सम्बन्धमा कुनै भ्रम हुँदैन र उनीहरू मध्यम पूँजीपतिको स्थितिमा उक्लन निरन्तर चाहन्छन् ।

स-साना थैलीशाहहरूलाई गरिएको सम्मान देख्दा उनीहरूको मुखमा खुब पानी आउँछ । यस खालका मानिसहरू काथर हुन्छन्, सरकारी कर्मचारीदेखि डराउँछन् र क्रान्तिदेखि पनि अलि डराउँछन् । आर्थिक स्थितिमा मध्यम पूँजीपतिवर्गको बिल्कुल नजिक भएकोले उनीहरूमा त्यसको प्रचारप्रति ठूलो आस्था हुन्छ र उनीहरू क्रान्तिप्रति सशंकित रहन्छन् । निम्न-पूँजीपतिवर्गमा उनीहरूको संख्या थोरै छ र यो अंग सो वर्गको दक्षिणपन्थी अंग हो । दोस्रो अंगमा मुख्य रूपले आर्थिक दृष्टिबाट आत्मनिर्भर रहेका मानिसहरू पर्छन् । उनीहरू
(२)

पहिलो अंगका मानिसहरूबाट एकदम फरक छन्, उनीहरू पनि धनी हुन चाहन्छन्, तर मार्शल चाओले उनीहरूलाई कहिल्यै धनी हुन दिँदैन । अर्को कुरा, हालका वर्षहरूमा साम्राज्यवादीहरू, युद्धपतिहरू, सामन्ती भूमिपतिहरू र ठूलो दलाल पूँजीपतिवर्गको थिचोमिचो र शोषणबाट दुःख भोगेका हुनाले, उनीहरू अब संसार पहिलेको जस्तो होइन भन्ने कुराप्रति सचेत रहेका छन् । पहिले जत्तिको काम गरेर मात्र खान पुग्ने गरी कमाउन सकिदैन भन्ने कुरालाई उनीहरू महसुस गर्छन् । हात मुख जोर्नका लागि उनीहरूलाई बढी समय काम गर्नुपर्ने, चाँडो उठ्नुपर्ने, अबेरसम्म काम गर्नुपर्ने र आफ्नो काममा दोब्बर होशियार हुनुपर्ने हुन्छ । उनीहरू अलि चोथाले हुन्छन् र विदेशीहरूलाई “विदेशी पिसाच” भनेर, युद्धपतिहरूलाई “डाँकू सेनापति” भनेर र स्थानीय अत्याचारी तथा खराब घरानियाँलाई “निष्ठुर धनी” भनेर निन्दा गर्छन् । जहाँसम्म साम्राज्यवादी र युद्धपतिहरूको विरुद्ध आन्दोलनको सवाल छ, उनीहरू त्यो सफल हुन सक्दैन कि भनेर (किनभने विदेशीहरू र युद्धपतिहरू यत्रो शक्तिशाली देखिन्छन्) शंका मात्र गर्छन्, त्यसमा सम्मिलित हुन हच्कन्छन् र तटस्थ रहन मनपराउँछन्, तर उनीहरू कहिल्यै क्रान्तिको विरोध गर्दैनन् । उनीहरू ज्यादै धेरै संख्यामा र निम्न-पूँजीपतिवर्गको आधा भाग जति छन् ।

तेस्रो अंगमा त्यस्ता मानिसहरू छन् जसको जीवनस्तर घट्दो छ । यिनीहरूमा धेरैजना पहिले सम्पन्न परिवारका थिए र अब उनीहरू मुश्किलले जीविका चलाउनसक्ने स्थितिबाट भनझन खराब हालतमा जीविका चलाउनुपर्ने स्थितिमा क्रमिक रूपबाट खस्दैछन् । प्रत्येक वर्षको अन्त्यमा आफ्नो आम्दानी-खर्चको हिसाब गर्दा उनीहरू स्तब्ध हुन्छन् र आश्चर्य मानेर भन्छन्: “के हो ? अर्को घाटा !” यस्ता मानिसहरू पहिले यति गरिब थिएनन्, र अहिले प्रत्येक वर्ष उनीहरू भनभन तल झर्दैछन्, उनीहरूको ऋण बढ्दैछ र उनीहरूको जीवन भनझन दुःखपूर्ण हुँदैछ. त्यसैले उनीहरू “भविष्यको कल्पनामा थरहरी हुन्छन्”. आफ्नो अतीत र आफ्नो वर्तमानबीच यस्तो भिन्नता हुनाले उनीहरूलाई ठूलो मानसिक दुःख हुन्छ । क्रान्तिकारी आन्दोलनका लागि यस्ता मानिसहरू एकदमै महत्वपूर्ण छन्: उनीहरू एउटा ठूलो जमात हुन् र निम्न-पूँजीपतिवर्गका बामपन्थी अंग हुन् ।

सामान्य बेलामा क्रान्तिप्रति निम्न-पूँजीपतिवर्गका यी तीन अंगहरूको दृष्टिकोण फरक-फरक हुन्छ । तर युद्धको बेलामा अर्थात् क्रान्तिको ज्वार उठेको र विजयको मिरमिरे देखिने बेलामा, निम्न-पूँजीपतिवर्गको बामपन्थी अंग मात्र क्रान्तिमा सामेल हुने होइन, बरु मध्यम अंग पनि सामेल हुन सक्छ र दक्षिणपन्थीहरूलाई पनि, सर्वहारावर्ग र निम्न-पूँजीपतिवर्गको बामपन्थी अंगको ठूलो क्रान्तिकारी लहरद्वारा अघिल्तिर धकेलिएर, क्रान्तिसंगसंगै जानुपर्ने हुन्छ । १९२५ को मई ३० को आन्दोलन (९) र विभिन्न ठाउँमा भएका किसान आन्दोलनको अनुभवबाट हामीले के बुझ्न सक्छौं भने यो निष्कर्ष सही छ ।

अर्ध-सर्वहारावर्गः यहाँ जसलाई अर्ध-सर्वहारावर्ग भनिएको छ, त्यसमा पाँच श्रेणीहरू छन्: (१) विशाल बहुसंख्यक अर्ध-जग्गाधनी किसानहरू (१०), (२) गरिब किसानहरू, (३) स-साना कालिगडहरू, (४) पसलमा काम गर्ने सहायकहरू(११) र (५) फेरीवालाहरू । विशाल बहुसंख्यक अर्ध-जग्गाधनी किसानहरू र गरिब किसानहरू मिलाउँदा ग्रामीण जनताको ज्यादै ठूलो हिस्सा बन्छ । किसान समस्या भनेको सारभूत रूपमा उनीहरूको समस्या हो । अर्ध-जग्गाधनी किसानहरू, गरिब किसानहरू र साना कालिगडहरू जग्गाधनी किसानहरू र मालिक कालिगडहरूभन्दा बढी सानो उत्पादनमा लागेका हुन्छन् । विशाल बहुसंख्यक अर्ध-जग्गाधनी किसानहरू र गरिब किसानहरू दुवै अर्ध-सर्वहारा भए तापनि
(३)

तिनीहरूलाई, तिनीहरूको आर्थिक स्थितिको आधारमा, अझ तीन अधिक साना श्रेणीहरूमा विभाजित गर्न सकिन्छ- उच्च, मध्यम र निम्न । अर्ध-जग्गाधनी किसानहरूको अवस्था जग्गाधनी किसानहरूको र गरिब किसानहरूको भन्दा खराब हुन्छ, किनभने प्रत्येक वर्ष उनीहरू आफूलाई चाहिने खाद्यान्नको आधा जति हिस्सा कम पाउँछन् र अरूबाट कूतमा जग्गा कमाएर, आफ्नो श्रम-शक्तिको एक हिस्सा बेचेर वा स-साना व्यापार गरेर उनीहरूले सो कमीको पूर्ति गर्नुपर्ने हुन्छ । वसन्तको आखिरी र ग्रीष्मको शुरुमा, जब खेतमा बाली भरखर पलाउन लागेको हुन्छ र पुरानो भण्डार खाएर रित्तिसकेको हुन्छ, उनीहरू चर्को व्याज दरमा सापटी लिन्छन् र चर्को मोलमा अन्न किन्छन् । स्वभावतः उनीहरूको अवस्था अरूबाट मद्दत लिनु नपर्ने जग्गाधनी किसानहरूको भन्दा खराब रहन्छ, तर उनीहरू गरिब किसानहरूभन्दा राम्रो स्थितिमा हुन्छन, किनभने गरिब किसानहरूको जग्गा हुँदैन र उनीहरू आफ्नो वर्षभरिको मेहनतको लागि फसलको आधा हिस्सा वा त्योभन्दा कम मात्र पाउँछन्,तर अर्ध-जग्गाधनी किसानहरूले अरूबाट कूतमा लिएको जग्गामा हुने फसलको आधा वा आधाभन्दा कम मात्र पाउने भए तापनि उनीहरू आफ्नो जग्गाबाट हुने सम्पूर्ण फसल आङ्गै: राख्न सक्छन् ।

तसर्थ, अर्ध-जग्गाधनी किसानहरू जग्गाधनी किसानहरूभन्दा बढी क्रान्तिकारी हुन्छन् भने गरिब किसानहरूभन्दा कम क्रान्तिकारी हुन्छन् । गरिब किसानहरू जमिन्दारहरूद्वारा शोषित मोही किसानहरू हुन् । उनीहरूको आर्थिक स्थिति अनुसार उनीहरूलाई पनि दुई श्रेणीमा विभाजित गर्न सकिन्छ । एउटा श्रेणीसित अपेक्षाकृत पर्याप्त कृषि औजार र केही कोष हुन्छन् । यस्ता किसानहरू आफ्नो वर्षभरिको मेहनतको
उपजको आधा भाग आफूसित राख्न सक्छन् । आफ्नो घाटा पूर्ति गर्नका लागि उनीहरू सहायक बाली लगाउँछन्, माछा वा चिङ्गडी माछा मार्छन्, कुखुरा वा सुँगुर पाल्छन्, अथवा आफ्नो श्रम-शक्तिको एक हिस्सा बेच्छन् र यसरी जीविका चलाउँछन् र दुःख तथा अभाव झेलेर वर्ष टार्ने आशा गर्छन् । यसरी उनीहरूको जीवन अर्ध-जग्गाधनी किसानहरूको भन्दा कठिन रहन्छ तर गरिब किसानहरूको अर्को श्रेणीको भन्दा उनीहरूको स्थिति राम्रो रहन्छ । उनीहरू अर्ध-जग्गाधनी किसानहरूभन्दा बढी क्रान्तिकारी र गरिब किसानहरूको अर्को श्रेणीभन्दा कम क्रान्तिकारी हुन्छन् ।

अर्को श्रेणीमा पर्ने किसानहरूको न पर्याप्त कृषि औजार हुन्छ न कोष वा मल हुन्छ, उनीहरूको बाली राम्रो हुँदैन र कुत तिरिसकेपछि थोरै बाँकी रहने हुनाले उनीहरूको निम्ति आंशिक रूपले आफ्नो श्रम-शक्ति बेच्नु पर्ने झन बढी खाँचो पर्छ । कठिन बेलामा उनीहरू केही दिन टार्नका लागि केही अन्न सापटीको निम्ति नातादार र साथीहरूसित सहायता माग्छन् र, गोरुको पिठ्युँमा बोझ थपिए भैं, उनीहरूमाथि ऋणको बोझ थपिँदै जान्छ । किसानहरूमा सबभन्दा खराब अवस्था उनीहरूको हुन्छ र उनीहरू क्रान्तिकारी प्रचारप्रति ज्यादै ग्रहणशील हुन्छन् ।

स-साना कालिगडहरूलाई अध-सर्वहारा भन्नाको कारण के हो भने उनीहरूसित केही साधारण उत्पादन-साधनहरू भए तापनि र अको कुरा, उनीहरू आफ्ने काममा लागेको भए तापनि उनीहरू अक्सर गरेर..आंशिक रूपले आफ्नो श्रम-शक्ति बेच्न बाध्य हुन्छन् र उनीहरूको आर्थिक स्थिति गरिब किसानहरूको स्थितिसित अलि मिल्दो छ । गह्रौं पारिवारिक बोझले गर्दा र आफ्नो कमाइ त्रासलाई अनुभव गर्छन् । यस सम्बन्धमा पनि उनीहरू धेरै हदसम्म गरिब किसानहरूसित र जीविकाको खर्चबीच खाल्डोले गर्दा उनीहरू निरन्तर रूपमा गरिबीको मार र बेरोजगारीको मिल्दाजुल्दा छन् । पसलमा काम गर्ने सहायकहरू पसल र गोदामका कर्मचारी हुन्
(४)

उनीहरू थोरै तलबमा आफ्ना परिवारहरूको पालनपोषण गर्छन् र सायद कैयन् वर्षमा एकपल्ट उनीहरूको तलबमा वृद्धि हुन्छ, जब कि मोल हर साल बढ्छ । संयोगवश तपाइँले उनीहरूसित आत्मीय रूपले कुराकानी गर्नु भएमा उनीहरूले आफ्नो अन्तहीन दुःख पोख्छन् । मोटामोटी रूपमा उनीहरूको स्थिति गरिब किसान र साना कालिगडहरूको जस्तै छ र उनीहरू क्रान्तिकारी प्रचारप्रति ज्यादै ग्रहणशील छन् । चाहे लाठोमा सामानहरू राखेर बेचिहिँड्ने होस्, चाहे सडकमा पसल थाप्ने होस्, फेरीवालाहरूको सानो कोष र ज्यादै थोरै कमाइ हुन्छ र उनीहरू खान लाउन पुग्ने गरी कमाउन सक्दैनन् । उनीहरूको स्थिति मोटामोटी रूपमा गरिब किसानहरूको स्थिति जस्तै छ, र गरिब किसानहरू भैं उनीहरू पनि विद्यमान स्थितिमा हेरफेर ल्याउन क्रान्ति चाहन्छन् ।

सर्वहारावर्ग- आधुनिक औद्योगिक सर्वहारावर्गको संख्या बीस लाख जति छ । यसको संख्या धेरै नहुनाको कारण के भने चीन आर्थिक रूपले पिछडिएको छ । यी बीस लाख औद्योगिक मजदूरहरू मुख्य रूपले पाँचवटा-रेलमार्ग, खानी, सामुद्रिक यातायात, कपडा तथा जहाज निर्माण उद्योगहरूमा काम गर्दछन् र उनीहरू धेरैजनालाई विदेशी पूँजीपतिहरूको मालिकत्वमा रहेका उद्योगधन्दाहरूमा दास बनाइएका छन् । संख्यामा धेरै नभए पनि, औद्योगिक सर्वहारावर्गले चीनका नयाँ उत्पादक शक्तिहरूको प्रतिनिधित्व गर्छ, यो आधुनिक चीनमा सबभन्दा प्रगतिशील वर्ग हो र क्रान्तिकारी आन्दोलनमा नेतृत्वदायी शक्ति बनेको छ ।

नाविकहरूको हडताल१२, रेल हडताल (१३), कैलान तथा शियाओत्सो कोइला खानीमा भएका हडतालहरू (१४), शामीन हडताल (१५) र मई ३० को घटनापछि शन्घाई र हङकङमा भएका आम हडतालहरू (१६), जस्ता बितेका चार वर्षका हडतालहरूमा औद्योगिक सर्वहारावर्गले जुन तागतको प्रदर्शन गरेको छ, त्यसबाट हामी चिनियाँ क्रान्तिमा यसको महत्वपूर्ण स्थानलाई बुझ्न सक्दछौं । औद्योगिक मजदूरहरूको यस्तो स्थान रहनाको पहिलो कारण उनीहरूको एकत्रीकरण हो । जनताको अन्य कुनै पनि समुदाय यत्ति एकत्रित छैन । दोस्रो कारण उनीहरूको निम्न आर्थिक स्थिति हो । उनीहरू उत्पादकका सारा साधनहरूबाट वञ्चित रहेका छन्, उनीहरूसित आफ्नो हातबाहेक केही छैन, उनीहरूको
कहिल्यै धनी बन्ने आशा छैन, र अर्को कुरा के भने, उनीहरू साम्राज्यवादीहरू, युद्धपतिहरू र पूँजीपतिवर्गको अधिकतम निर्मम थिचोमिचोमा परेका छन् । त्यसैले, उनीहरू खास रूपले असल जोधाहा हुन्छन् । शहरमा काम गर्ने कुल्लीहरू पनि ध्यान दिइनु पर्ने एउटा शक्ति हुन् ।

उनीहरू मुख्य रूपमा घाटमा काम गर्ने ज्यामी र रिक्सावालाहरू हुन् र उनीहरूमा गाडामा राखेर फोहोर मैला फाल्न लैजानेहरू र सडक बढार्नेहरू पनि पर्छन् । उनीहरूसित आफ्नो हातबाहेक अरू केही छैन र उनीहरूको आर्थिक स्थिति औद्योगिक मजदुरहरूको स्थिति जस्तै छ, तर उनीहरू कम एकत्रित छन् र उत्पादनमा कम महत्वपूर्ण भूमिका खेल्छन् । चीनमा अहिलेसम्म आधुनिक पूँजीवादी खेती छैन । ग्रामीण सर्वहारावर्ग भन्नाले हाम्रो मतलब वर्ष, महिना वा दिन भरीका लागि ज्यालामा काम गर्ने खेतालाहरू हो । सबै मजदूरहरूमा उनीहरू सबभन्दा लामो समयसम्म, सबभन्दा कम ज्यालामा, सबभन्दा खराब अवस्था अन्तर्गत र कामको सबभन्दा कम सुरक्षा रहने स्थितिमा काम गर्दछन् ।

उनीहरू गाउँमा सबभन्दा थिचिएका जनता हुन् र किसान आन्दोलनमा उनीहरूको स्थान गरिब किसानहरूको स्थान जत्तिकै महत्वपूर्ण छ । यी सबै वर्गहरूबाहेक, आवारा सर्वहारावर्गको संख्या पनि निकै धेरै छ । भएको
(५)
जग्गा गुमाएका किसानहरू र काम पाउन नसकेका कालिगडहरू यसमा पर्दछन् । उनीहरू संस्थाहरू छन् र शुरुमा ती संस्थाहरू राजनैतिक तथा आर्थिक संघर्षका लागि उनीहरूका पारस्परिक सहायता संगठन थिए- उदाहरणका लागि, फूकेन र क्वाङतुङमा त्रिदलीय समाज, हुनान, हुपेह, क्यूचो तथा शेचुआनमा भातृ समाज, आन्हवी, होनान र शान्तुङमा ठूलो तलवार समाज, चिहली(१७) र तीन उत्तरपूर्वी प्रान्तहरूमा विवेकयुक्त जीवन समाज र शन्धाइ र अन्य ठाउँहरूमा हरित जमात(१८) । चीनको एउटा कठिन समस्या यस्ता मानिसहरूलाई कसरी संचालन गर्ने भन्ने समस्या हो । उनीहरू बहादुर जोधाहा हुन्, तर विध्वंशकारी बन्न तत्पर रहन्छन् । उचित निर्देशन दिइएमा उनीहरू एउटा क्रान्तिकारी शक्ति बन्न सक्छन् ।

सारांशमा, के बुझ्न सकिन्छ भने युद्धपतिहरू, नोकरशाहहरू, दलाल वर्ग, ठूलो जमिन्दार वर्ग र तीसित सम्बन्धित बुद्धिजीवी समुदायको प्रतिक्रियावादी अंग-साम्राज्यवादसित साँठगाँठ भएका यी सब हाम्रा शत्रुहरू हुन् । हाम्रो क्रान्तिमा नेतृत्वदायी शक्ति औद्योगिक सर्वहारावर्ग हो । सम्पूर्ण अर्ध-सर्वहारावर्ग र निम्न-पूँजीपतिवर्ग हाम्रा घनिष्ठतम मित्र हुन् । जहाँसम्म ढुलमुल मध्यम पूँजीपतिवर्गको सवाल छ, तिनीहरूको दक्षिणपन्थी अंग हाम्रो शत्रु र बामपन्थी अंग हाम्रो मित्र बन्न सक्छन्, तर हामी निरन्तर सावधान रहनु पर्छ र हामीले उनीहरूलाई आफ्ना पंक्तिहरूभित्र भ्रम सिर्जना गर्न दिनु हुन्न ।

टिप्पणीहरू
१. दलाल भन्नाले विदेशी व्यापारिक संस्थानमा काम गर्ने चिनियाँ प्रबन्धक वा उच्च चिनियाँ कर्मचारीलाई जनाउँछ । यस्ता दलालहरू विदेशी आर्थिक हितको सेवा गर्थे र साम्राज्यवाद र विदेशी पूँजीसित तिनीहरूको घनिष्ठ सम्बन्ध थियो ।

२. राजसत्तावादीहरू मुठ्ठीभर त्यता निर्लज्ज फासिष्ट राजनीतिज्ञहरू थिए, जसले त्यसबेला चिनियाँ राज्यसत्तावादी युवक संघ बनाए । पछि त्यसको नाउँ चिनियाँ युवक संघ राखियो । तिनीहरूले कम्युनिष्ट पार्टी र सोवियत संघको विरोधलाई आफ्नो प्रतिक्रान्तिकारी पेशा बनाए र सत्तासीन प्रतिक्रियावादीहरूका विभिन्न समूहहरूबाट र साम्राज्यवादीहरूबाट मद्दत पाउँथे ।

३. राष्ट्रिय पूँजीपतिवर्गको भूमिकाबारे अरू जानकारीका लागि हेर्नुहोस् “चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी,” अध्याय २, खण्ड ४, माओत्सेतुङका “चुनिएका रचनाहरू” भाग २ |

४. ताई चि-ताओ आफ्नो युवावस्थामा क्वोमिन्ताङमा सम्मिलित भए र केही समयसम्म फाटका-बजारमा च्याङ काई-शेकका हिस्सेदार रहे । १९२५ मा सन यात-सेनको मृत्युपछि उनले कम्युनिष्ट-विरोधी अभियान चलाए र १९२७ मा च्याङ काई-शेकको प्रतिक्रान्तिकारी सत्ता अपहरणका लागि विचारधारात्मक आधार तयार पारे । वर्षौसम्म उनी प्रतिक्रान्तिकारी काममा च्याङ काई-शेकका इमान्दार कुकुर रहे । च्याङ काई-शेक शासनको अन्त्य नजिक पुगेको देखेर हतास भई उनले फरवरी १९४९ मा आत्महत्या गरे ।

५. चेन पाओ संवैधानिक सरकारबारे अध्ययन संघको मुखपत्र थियो । यो संघ उत्तरी युद्धपतिहरूको शासनलाई समर्थन गर्ने एउटा राजनैतिक समूह थियो ।

६. १९२३ मा सन यात-सेनले चिनियाँ कम्युनिष्ट पार्टीको सहयोगबाट, क्वोमिन्ताङको पुनर्गठन गर्ने, क्वोमिन्ताङ-कम्युनिष्ट सहयोग कायम गर्ने र कम्युनिष्ट पार्टीका सदस्यहरूलाई क्वोमिन्ताङमा सामेल गर्ने फैसला गर्नुभयो । जनवरी १९२४ मा उहाँले क्वाङचाओमा क्वोमिन्ताङको पहिलो राष्ट्रिय महाधिवेशनको । आयोजना गर्नुभयो । सो महाधिवेशनमा उहाँले रूससित मेल, कम्युनिष्ट पार्टीसित सहयोग र किसान तथा
(६)

मजदूरहरूलाई सहायताका तीन महान नीतिहरूको प्रतिपादन गर्नुभयो । माओत्सेतुङ, ली ता-चाओ, लिन पो-छवी, छवी छयू-पाई र अन्य कामरेडहरूले महाधिवेशनमा भाग लिनुभयो र क्वोमिन्ताङलाई क्रान्तिको बाटो लिन लगाउनमा महत्वपूर्ण भूमिका खेल्नुभयो । तीमध्ये केही कामरेडहरू क्वोमिन्ताङको केन्द्रीय कार्यकारिणी समितिका सदस्यमा चुनिए र अरूहरू त्यसका वैकल्पिक सदस्यमा चुनिए ।

७. जग्गाधनी किसानहरू भन्नाले कामरेड माओत्सेतुङको मतलब मध्यम किसानहरू हो ।

८. मार्शल चाओको पूरा नाम चाओ कुङ-मिङ हो, र उनी चिनियाँ लोककथाका कुवेर हुन ।

९. मई ३० आन्दोलन १९२५ साल मई ३० तारिखमा शन्धाईमा बृटिश पुलिसद्वारा गरिएको चिनियाँ जनताको आमहत्याको विरोधमा भएको राष्ट्रव्यापी साम्राज्यवाद विरोधी आन्दोलन थियो । मई महिनाको शुरुमा, छिङताओ र शन्घाईमा जापानी मालिकत्वमा रहेका सूती कपडा मिलहरूमा ठूल-ठूला हडतालहरू भएका थिए । जापानी साम्राज्यवादीहरू र तिनका पाल्तु कुकुर उत्तरी युद्धपतिहरू हडताललाई नाउँका दबाउनमा लागे । मई १५ तारिखमा शन्घाईमा जापानी सुती कपडा मिल मालिकहरूले कुचङ हुङ ।

एकजना मजदुरलाई गोली हानेर मारे र एक दर्जन अन्य मजदुरहरूलाई घाइते बनाए । मई ३० तारिखमा शन्घाईमा दुई हजारभन्दा बढी विद्यार्थीहरूले विदेशीहरूलाई पट्टामा दिइराखेका वस्तीहरूमा मजदूरहरूको समर्थनमा र पट्टामा दिइएका बस्तीहरू फर्काइयोस् भन्ने मागको लागि आन्दोलन चलाए । उनीहरूले बृटिश पुलिस हेडक्वार्टरसामु दश हजारभन्दा बढी जनताको भेला गरे र “साम्राज्यवाद मुर्दावाद” र “चीनका जनता, एक होऊ !” जस्ता नाराहरू लगाए । बृटिश साम्राज्यवादी पुलिसले गोली हानेर धेरै विद्यार्थीहरूलाई मारे र घाइते बनाए । यसलाई मई ३० को हत्याकाण्ड भनियो । यस घटनाले तुरुन्तै मुलुकव्यापी रोष पैदा गर्यो, सबै ठाउँहरूमा मजदुर, विद्यार्थी र पसलेहरूका प्रदर्शन तथा हडतालहरू भए र यसरी विशाल साम्राज्यवाद-विरोधी आन्दोलन बन्यो ।

१०. यहाँ “विशाल बहुसंख्यक अर्ध-जग्गाधनी किसानहरू” भन्नाले कामरेड माओ त्सेतुङको मतलब त्यस्ता दरिद्र किसानहरू हुन् जो आंशिक रूपले आफ्नै जग्गामा र आंशिक रूपले अरूबाट कुतमा लिइएको जग्गामा काम गर्दछन् ।

११. पुरानो चीनमा पसलमा काम गर्ने सहायकहरूका कैयन् तहहरू थिए । यहाँ कामरेड माओत्सेतुङको संकेत सबभन्दा ठूलो तहतर्फ हो । सर्वहाराको जीवन बिताउने निम्न तहका सहायकहरू पनि छन् ।

१२. १९२२ को शुरुमा हङकङमा नाविकहरूले र याङत्सी नदीका जहाजहरूका मल्लाहहरूले हडतालहरू गरे । हङकङका नाविकहरू आठ हप्तासम्म लडिरहे । तीव्र तथा रक्तपातपूर्ण संघर्षपछि, आखिरमा बृटिश साम्राज्यवादी अधिकारीहरू ज्याला बढाउन, नाविक संघमाथिको प्रतिबन्ध हटाउन, गिरफ्तार भएका मजदुरहरूलाई रिहाइ गर्न र शहीदहरूका परिवारहरूलाई क्षतिपूर्ति गर्न बाध्य भए । त्यसको लगत्तैपछि याङत्सी जहाजहरूका मल्लाहहरूले हडताल गरे । दुई हप्तासम्म संघर्ष गर्दै रहे र उनीहरूले पनि विजय प्राप्त गरे ।

१३. १९२१ मा आफ्नो स्थापनाको लगतैपछि चिनियाँ कम्युनिष्ट पार्टीले रेल-मजदुरहरूलाई संगठित पार्ने काम गरे । १९२२/२३ मा सारा रेलका लाइनहरूमा पार्टीको नेतृत्वमा हडतालहरू भए । तिनमा सबभन्दा प्रसिद्ध हडताल फरवरी ४, १९२३ मा शुरु भएको, पेकिंङ-हानखओ रेलमार्गको आम हडताल थियो । यो मजदूर संघ गठन गर्ने अधिकारका लागि भएको संघर्ष थियो । फरवरी ७ तारिखमा, बृटिश साम्राज्यवादद्वारा समर्थित उत्तरी युद्धपतिहरू ऊ फेइफू र शियाओ याओ नानले हडताली मजदुरहरूको निर्मम हत्या गरे । यसलाई फरवरी ७ को हत्याकाण्ड भनिन्छ ।

१४. खाएलान कोइला खानी होपे प्रान्तका ठूला, संगसंगै रहेका खाएपिङ र ल्वानचाओ कोइला खानीहरूको संयुक्त नाम हो । १९०० को ई हो थ्वान आन्दोलनको बेलामा बृटिश साम्राज्यवादीहरूले खाएफिङ खानी खोसेर लिए । त्यसपछि चिनियाँहरूले ल्वानचाओ कोइला खानी कम्पनी गठन गरे र पछि यसलाई खाएलान खानी प्रशासनमा गाभेर पठाइयो । यसरी, दुवै कोइला खानीहरू बृटिश साम्राज्यवादको पूरै अधीनमा पर्न गए । अक्टोबर १९२२ मा खाएलान हडताल भयो । होनान प्रान्तस्थित श्याओशो कोइला खानी पनि चीनमा प्रसिद्ध छ । श्याओशो हडताल जुलाई १ देखि अगस्त ९, १९२५ सम्म भयो ।

१५. शामीन क्वानचाओ सहरको एउटा खण्डको नाउँ हो । यसलाई बृटिश साम्राज्यवादले पट्टामा
(७)

लिएको थियो । जुलाई १९२४ मा बूटिश साम्राज्यवादीहरूले एउटा नयाँ पुलिस नियम निकाले, जसअनुसार सो क्षेत्रभित्र आउने जाने गर्दा सबै चिनियाँहरूले फोटो सहितको पास देखाउन पर्दथ्यो । तर विदेशीहरूले त्यसो गर्नु पर्दैनथ्यो । जुलाई १५ तारिखमा यस असंगत नियमको विरुद्ध शामीनका मजदूरहरूले हडताल गरे । आखिरमा बृटिश साम्राज्यवादीहरूले बाध्य भएर सो नियमलाई रद्द गर्नु पयो । तारिखमा हङकङमा आम हडतालहरू भए । शन्धाईमा दुई लाखभन्दा बढी र हङकङमा दुई लाख पचास हजारभन्दा बढी मजदुरहरूले भाग लिए ।

१६. शन्धाईको मई ३० घटनापछि १९२५ को जुलाई १ तारिखमा शन्धाईमा र जून १९ मुलुकभरका जनताको समर्थन पाएर हङकङको विशाल हडताल सोह महिनासम्म चल्यो । यो विश्व मजदूर आन्दोलनको इतिहासमा सबभन्दा लामो हडताल थियो ।

१७. चिहली होपे प्रान्तको पुरानो नाउँ थियो ।

१८. त्रिदलीय समाज, भ्रातृ समाज, ठूलो तलबार समाज, विवेकयुक्त जीवन समाज र हरित जमात किसान, रोजगारी नभएका कालिगड र अन्य आवारा-सर्वहाराहरू थिए । सामन्ती चीनमा यी तत्वहरू कुनै जनताको बीचमा रहेका आदिम गुप्त संगठनहरू थिए । तिनका सदस्यहरू मुख्य रूपले टाटपल्टेका धर्म वा अन्धविश्वासको आधारमा संगठित भएर पितृ-प्रधान ढाँचाका र विभिन्न नाउँका संगठनहरू बनाउँथे र कसै-कसैसित हतियार पनि हुन्थ्यो । यस्ता संगठनहरूमार्फत आवारा सर्वहाराहरू सामाजिक तथा आर्थिक रूपले परस्परमा मद्दत गर्न खोज्थे र कहिलेकाहीं आफूलाई सताउने नोकरशाह तथा जमिन्दारहरूको विरुद्ध लड्दथे । प्रष्ट छ, यस्ता पछौटे संगठनहरूले किसान र कालिगडहरूलाई मुक्तिको
बाटो प्रदान गर्न सक्दैनथे । अर्को कुरा के भने, जमिन्दार र स्थानीय अत्याचारीहरूले तिनलाई सजिलैसित हातमा लिन र प्रयोग गर्न सक्दथे । यस कारणले र तिनीहरूको अन्ध ध्वंशात्मक प्रवृत्तिले गर्दा, कोही त प्रतिक्रियावादी शक्तिमा फेरिए । १९२७ को आफ्नो प्रतिक्रान्तिकारी सत्ता अपहरणमा च्याङ काई-शेकले श्रमजीवी जनतामा फाटो पार्ने र क्रान्तिलाई ध्वस्त पार्ने उद्देश्यमा तिनीहरूलाई प्रयोग गरे । आधुनिक औद्योगिक सर्वहारावर्ग जन्मेपछि र त्यसको तागतमा वृद्धि हुँदै गएपछि, किसानहरूले, मजदुरवर्गको नेतृत्वमुनि, बिल्कुल नयाँ खालका संगठनहरूमा विस्तार विस्तार आफूलाई संगठित पारे, र अनि यी आदिम, पछ्यौटे समाजहरूको अस्तित्वको आधार पनि खतम भयो ।)
(८)
(-माओ त्सेतुङका चुनिएका रचनाहरु, भाग-१, पृ. १-८) अनुवादक:कृष्णदास श्रेष्ठ, प्रकाशक:विविध पुस्तक भण्डार, अद्वैतमार्ग, काठमाण्डाै वाट साभार)